सभामुख र गृहमन्त्रीबीच २ बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबिच भेटवार्ता भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सभामुख र गृहमन्त्री लेखकबिच भेटवार्ता भएको हो ।

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरोध गरिरहेका बेला सभामुख र गृहमन्त्रीबिच भेटवार्ता भएको हो ।

सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार भेटमा विपक्षी र प्रतिपक्षबिच भएको २ बुँदे कार्यान्वयन र रास्वपाका मागका बारेमा छलफल भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१