
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र सभामुखबाट रास्वपाको अवरोधका बाबजुद प्रतिनिधि सभाको बैठक बलजफ्ती सञ्चालन नगर्ने आग्रह गरेका छन् ।
उनले सबै प्रतिपक्षलाई विश्वासमा लिई सदन सुचारु गर्न सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका हुन् ।
‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरूको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोसिस भइरहेको छ’ उनले भनेका छन्, ‘यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधि सभाबाट छिटो भन्दा छिटो अघि बढाउन आग्रह गरे ।