• २०८३ असार ४
  • 2026 June 18, Thursday

सभामुख घिमिरेद्वारा संसद् अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरू छलफलमा जुटेपछि संसद् बैठक बस्न ढिलाइ भएको छ । बिहान ११ बजे बैठक आह्वान भए पनि अवरोध हटाउने विषयमा सभामुखले छलफल डाकेपछि ढिला भएको हो ।

अहिले सभामुखको कार्यकक्षमा सहज तरिकाले सदन कसरी चलाउन सकिन्छ भन्ने विषयमा वार्ता भइरहेको छ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदनको कारबाही सुरु भएको थियो तर राप्रपा र रास्वपाले अहिले पनि आफ्नो अडान छाडेका छैनन् । जसका कारण विरोध र नाराबाजीकाबीच संसद् बैठक अगाडि बढिरहेको छ ।