• २०८३ असार ४
  • 2026 June 18, Thursday

रास्वपाको संसद अवरोध अझ सशक्त बनाउने निर्णय, विभिन्न रणनीतिक योजना सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हाल संसदमा चलेकै अवरोधलाई थप सशक्त बनाउने निर्णय गरेको छ। असार ४ गते बसेको पार्टी सचिवालय बैठकले संसद अवरोधलाई रणनीतिक रूपमा अगाडि बढाउने निर्णय लिएको हो।

पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएको युद्ध र प्रतिशोधप्रेरित मुद्दाका साथै अध्यागमन र गृहमन्त्रीको सचिवालयमा देखिएको अनियमितता र भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन नहुँदा उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर पार्टीले यो कदम चालेको हो।

बुधबार बसेको रास्वपा सचिवालय बैठकले ७ गते आन्दोलनकै रुपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ। ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपा निर्णय गरेकाे हाे ।