• २०८३ असार ४
  • 2026 June 18, Thursday

प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको तीव्र विरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफूहरूको विरोध कायमै राखेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर विरोध गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।