संघीय निजामती विधेयकबारे माओवादीले संसद् आवाज उठायो

काठमार्डौँ । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयकबारे कुरा उठाएको छ ।

माओवादी प्रमुख सचेतक सिहतराज पाण्डेले विधेयकबारे कुरा उठाउँदै कार्यसूचीमा राखेर तत्काल पारित गर्न माग गरेका हुन् ।

असार ३ गतेको कार्यसूचीमा राखिएको विधेयक हिजो संघीय सचिवालयले सार्वजनिक गरेको पाक्षिक कार्यतालिकामा राखिएको छैन ।  क्यालेण्डरमा नराखिएको विषयमा आपत्ति जनाउँदै कार्यसूचीमा राख्न माग गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१