• २०८३ असार ४
  • 2026 June 18, Thursday

सरकारले आन्दोलनलाई बेवास्ता गरेको भन्दै रास्वपाको आरोप

काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले सदनको रोष्ट्रमबाट भुइँ मान्छेहरूको आवाजलाई कटाक्ष गरेको बताए । उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? जवाफ दिन नसकेको बताए ।

उनले विमानस्थलभित्रको अनुसन्धान गरेको, अनावश्यक कर्मचारी विमानस्थलमा थपेको, सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा, डिआइजीको सरुवालगायतको विषयमा उत्तर दिन नसकेको बताए । उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन नभएसम्म आफूहरू अडान नछाड्ने बताए ।

उनले स्याङ्जाको आँधी खोलामा भइरहेको चरम दोहनविरुद्ध आवाज उठाउँदा वालिङ नगरपालिका–१० का नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालबाट खुलेआम रड प्रहार गरी पार्टीका केन्द्रीय सदस्य एवं नदी संरक्षण अभियन्ता मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाल गम्भीर घाइते भएको विषय पनि उठाएका छन् ।