• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

‘धम्की दिने सचिवको राजीनामा स्वीकृत गरिने, कुलिङ पिरियडमा सरकारलाई संयमता आवश्यक’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयक तत्काल ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई वर्षको ‘कुलिङ पिरियड’ हटाउन उच्च पदस्थका कर्मचारीले दबाब दिएपछि सरकारलाई खुट्टा नकमाउन आग्रह गरे।उनले भने, ‘कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दिँदै विधेयक ल्याउन रोकावट भएको सुन्नमा आएको छ ।

सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस् । २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिवले काम पाउँछन् । नयाँ व्यक्तिले जिम्मेवारी पाउँछन् ।’ उनले धम्कीको भरमा नीति निर्माणको काम रोक्न नहुने बताए ।