आपसी सहमतिमै प्रमुख तीन दलको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रमुख तीन दलको बैठक स्थगित भएको छ । आपसी सल्लाहमै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीको कार्यालयबाट आपसी सल्लाहमै बैठक भोलि बसौँला भनेर खबर आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१