• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

राजावादी आन्दोलन शान्त भएसँगै सार्वजनिक स्थानहरूका निषेधाज्ञा हटाइयो

राजावादी समूहको आन्दोलन शिथिल भएसँगै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले चक्रपथ क्षेत्र र अन्य सार्वजनिक स्थानहरूमा लगाइएको निषेधाज्ञा हटाएको छ।

यसअघि प्रशासनले आन्दोलन लक्षित गर्दै चक्रपथ भित्र र अन्य ठाउँहरूमा भेला, जुलुस, धर्ना तथा प्रदर्शनमा रोक लगाएको थियो।

आज जारी सूचनामार्फत प्रशासनले जेठ १८ गते जारी गरिएको उक्त आदेश अब लागू नरहेको जानकारी गराएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “मिति २०८१/२/१८ मा जारी गरिएको निषेधाज्ञा हालका लागि खारेज गरिएको छ भन्ने जानकारी गराइन्छ।”