• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मन्त्रीको अनुपस्थितिमै बजेटमाथिको छलफल, सत्तारुढ सांसदहरूकै असन्तुष्टि

संबन्धित मन्त्री अनुपस्थित रहँदा पनि बजेटसम्बन्धी मन्त्रालयगत छलफल अगाडि बढाइएकोप्रति सत्तारुढ दलका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मै उभिएर मन्त्रीको अनुपस्थिति औंल्याउँदै प्रश्न उठाएका हुन्।

सभामुख देवराज घिमिरेले यो विषयमा आफूको ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्।

यस्तै, माओवादी केन्द्रसहित अन्य दलका सांसदहरूले पनि मन्त्रीहरू बिना संसद् चलाइएकोप्रति आलोचना गरे। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को अपमान गरिएको भन्दै सरकारलाई कटाक्ष गरेका छन्।