
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार काठमाडौँस्थित आयोगको टोलीले श्रीवास्तवलाई पक्राउ गरेको हो। उनमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा विभिन्न योजना तथा ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोप छ।
आयोग स्रोतका अनुसार, श्रीवास्तवले पदको दुरुपयोग गरी व्यक्तिगत फाइदाका लागि रकम मागेको र लिएको ठोस प्रमाण फेला परेको छ।
श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत छन्। यसअघि उनी पोखरिया नगरपालिकामा कार्यरत थिए।