
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी गठनको सुरुवाती दिनहरूमा नेतृत्वका लागि चर्चित व्यक्तित्वहरूलाई आग्रह गरे पनि कसैले नमान्दा आफू अगाडि सर्नुपरेको खुलासा गरेका छन्। पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा भैरहवा जेलबाट पठाएको सन्देशमा लामिछानेले सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमाल र अनिल केशरी शाहलाई नेतृत्व लिन आग्रह गरेको उल्लेख गरेका छन्।
कसैले पनि पार्टी हाक्ने इच्छा जाहेर नगरेपछी आफैँ अगाडी सरेको बताएका छन् ।
“पार्टी दर्ताअघि हारगुहार गरेँ, पार्टी खोलेपछि उम्मेदवार बन्न पनि धेरै ढोका ढकढक्याएँ,” उनले लेखेका छन्, “तर खासै साथ पाइनँ र अन्ततः आफैँ सभापति बन्नुपर्यो।” लामिछानेको यो सन्देशले रास्वपाको प्रारम्भिक संघर्ष र नेतृत्व चयनको कथा उजागर गरेको छ।