• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संसद् भवनको क्यान्टिनको छतबाट कामदार खस्दा घाइते

काठमाडौँ । संघीय संसद् भवन, नयाँबानेश्वरमा रहेको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेका छन् ।

ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् । उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

उनको कुहिना र गोडामा चोट लागेको छ ।