• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रदेशसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पुर्जी, पर्सा प्रहरीले बर्दिया प्रहरीलाई पत्राचार

काठमाडौं। जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बर्दियाकी समानुपातिक सांसद रायमाझीविरूद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दियो।

उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

उनीविरूद्ध ३ लाख भन्दा बढी रकमको चेक बाउन्स भएको कसुरमा उनीविरूद्ध पुर्जी आएको पर्सा प्रहरी स्रोतले बतायो।

उनलाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया प्रहरीलाई पनि पत्राचार गरिसकेको छ। पक्राउ पुर्जी जारी भएपछि सांसद रायमाझी सम्पर्कविहीन छिन्।