• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

छानबिन समितिबारे असन्तुष्टि, राप्रपाको संसद् बहिष्कार जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गर्ने सरकारको निर्णयमा अझै असन्तुष्ट रहेको पाइएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

तर, सो समितिमा रहेका पात्रबारे असन्तुष्टि जनाउँदै राप्रपाले संसद् बहिस्कारलाई निरन्तरता दिने भएको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बहिस्कारलाई पार्टीले निरन्तरता दिने निर्णय गरेको बताए । आजै प्रतिनिधिसभाको बैठक बस्दैछ ।