• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कोरोनाका कारण एक महिलाको मृत्यु , नेपालमा पनि बज्यो खतराको घण्टी

कोरोना भाइरसको नयाँ भेरिएन्टबाट नेपालमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकाकी ४० वर्षीया एक महिलाको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार, ती महिला बाहिरैबाट संक्रमित भई आइपुगेकी थिइन् र अवस्था गम्भीर भएपछि उपचार प्रभावकारी हुन सकेन। उनीमा हेपाटाइटिसको समस्या पनि देखिएको थियो। एक सातादेखि श्वासप्रश्वासमा समस्या भएपछि सोमबार अस्पताल भर्ना भएकी थिइन्। उपचारकै क्रममा मंगलबार बिहान ६ बजे उनको ज्यान गएको हो।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भने मृत्युबारे अनुसन्धान जारी रहेको बताएको छ। जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलका अनुसार, घटनाबारे प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

कोशी प्रदेशमा हाल झापाका ४, मोरङका २ र इलामका १ जनामा नयाँ भेरिएन्ट पुष्टि भइसकेको छ। ती संक्रमितमध्ये इलामकी महिलाको मृत्यु भएको हो।