• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

जनताले गणेशमानको योगदानको ऋण तिर्न सक्दैनन्: प्रकाशमान सिंह

काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंह व्यक्ति नभएर राज्यका प्रतिकका रूपमा रहेको बताएका छन् ।

आफ्नो बाबुको नाममा रहेका आयोजनाहरूमा बजेट केन्द्रित गरेको आरोप लागेपछि सिंहसहित बिपी कोइराला, पुष्पलाल श्रेष्ठ मनमोहन अधिकारी मदन भण्डारीकोहरुको योगदान सम्मान गर्नु राज्यको दायित्व भएको बताए ।

उनले भने, ‘गणेशमान सिंहको नाममा धेरै रकम विनियोजन भएको भन्ने कुरा उठाउनुभएको छ। राणहरुको जहानियाँ शासनको बेलामा नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम बनाउन लामो संघर्ष गरेका सपुतहरू बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ मनमोहन अधिकारी मदन भण्डारीकोहरुको योगदान मैले यहाँ बताइराख्न पर्दैन ।’

देश र जनताको लागि जीवन अर्पेका कृतज्ञता व्यक्तिहरूको नामा राज्यले विगतदेखि नै केही विकास योजनाका कार्यक्रम गर्दै आइरहेको बताए। उनले भने, ‘यसवर्ष पनि केही योजनामा बजेट विनियोजन गरेको हो। नागरिक भएकोमा गर्व गर्ने र रैती हुने नचाहने कसैलाई पनि लोकतन्त्रको नायकहरूको नाममा पक्के द्वयस नहोला, उहाँहरूको योगदानको ऋण नेपाली जनाले तिर्न सक्दैनन्। तर, कृतज्ञता व्यक्त गर्न सक्छन्। उहाँहरू व्यक्ति नभएर राज्यका प्रतिकका रूपमा रहेकाले उहाँहरूको सम्मान गर्नु राज्यको दायित्व हो।’