पूर्व प्रधानमन्त्री माधव नेपालको बयान तीन सदस्यीय न्यायाधीशको इजलासमा

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा हुने भएको छ । नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ ।

इजलास २ मा अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको मुद्दा परेको हो ।

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा नेपाल केही बेरअघि विशेष अदालतमा उपस्थित भएका थिए । नेपालले यसअघि अदालतमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१