• २०८३ असार ४
  • 2026 June 18, Thursday

सर्‍यो एमाले सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको हो ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।