• २०८३ असार ४
  • 2026 June 18, Thursday

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे देउवाको प्रतिक्रिया : ‘झूटा र आधारहीन आरोप’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा कुनै समस्या नभएको बताएका छन्। एमाले पार्टी नै अलग भएकाले केही निर्णयमा फरक मत आउनु सामान्य भएको बताएका हुन्।

चितवनमा पुगेका देउवाले सञ्चारकर्मीहरूसँग कुरा गदै ‘टेक एन्ड पे’ को व्यवस्था सहजै हटाएपछि बजेट पास भइसकेको बताए। उनले भने, ‘ठुलो कुरै थिएन नि, त्यसमा असमझदारी थियो। हटाएपछि बजेट पारित भइसक्यो। दुइटा अलग अलग पार्टी हो नि। असमझदारी देखिनु सामान्य हो।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे सोधिएको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि। बेकारको झूटा कुरा हो। ’ उनले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि बताएका छन्।