केएमसीको स्वास्थ्य टोली पुरानो ठिमीमा, पाँच सयको निःशुल्क परीक्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको पुरानो ठिमीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

मध्यपुर ठिमी वडा नम्बर ६ को आयोजनामा मध्यपुर ठिमी ६ पार्टी विहारमा भएको स्वास्थ्य शिविरमा ४ सय ८७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ११० जनाको ल्याब परीक्षण, १२८ जनाको भिडियो एक्सरे, ८६ जनाको ईसीजी गरिएको थियो ।
२६ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१