• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

माधव नेपाल अध्यक्षकै रूपमा रहने समाजवादी सचिवालयको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल पार्टी नेतृत्वमै रहने भएका छन्।

पतञ्जली जग्गा प्रकरणमा उनीमाथि उठेको भ्रष्टाचार मुद्दालाई प्रतिशोधपूर्ण भन्दै आज बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष नेपाललाई निरन्तरता दिने निर्णय गरेको हो।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको मुद्दा झुटो र षड्यन्त्रपूर्ण भएको दाबी गर्दै यसलाई पार्टी र लोकतान्त्रिक आन्दोलनमाथिको प्रहारका रूपमा ब्याख्या गरे।

प्रवक्ता ज्वालाले उक्त मुद्दा राजनीतिक प्रतिशोध स्वरूप लगाइएको भन्दै अध्यक्ष नेपाल निर्दोष ठहरिनेमा विश्वास व्यक्त गरे। पार्टीले अध्यक्ष नेपालमाथिको मुद्दालाई न्यायिक रूपमा सामना गर्ने र राजनीतिक हैसियतमा असर नपर्ने स्पष्ट पारेको छ।