• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

रवि लामिछानेमाथि चरम अन्याय भएको भन्दै आवाज उठाउन निकिताको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अन्याय भएको भन्दै उनकी पत्नी निकिता पौडेल लामिछानेले सामाजिक सञ्जालमार्फत अन्यायको विरुद्ध साथ दिन आग्रह गरेकी छन् ।

निकिताले आफ्नो फेसबुकमा लेखेकी छन् ‘मेरो श्रीमान भन्नुहुन्छ, चितवनमा देवता र देवताजस्ता मान्छे बस्छन्।देवभूमि चितवनबाट म आफ्नो श्रीमानको न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदै छु।’

उनले कुनै समय जस्तो दुःख, आपत्, अन्यायमा परे पनि देशका कुना– काप्चादेखि विदेशबाट नागरिकले रविलाई सम्झने गरेको लेखेकी छन् । उनले लेखेकी छन् ‘कुनै समय थियो । जस्तो दुःख, आपत्, अन्यायमा परे पनि देशका कुना– काप्चादेखि विदेशबाट समेत तपाईंहरू रवि लामिछानेलाई सम्झनुहुन्थ्यो। उहाँले पनि सक्दो गर्नुभएकै हो।’

अहिले रवि माथि अन्याय भएको भन्दै आवाज उठाउन आग्रह गरेकी छन् । ‘आज स्वयं रवि लामिछानेमाथि चरम अन्याय भएको छ। त्यसविरुद्ध आवाज उठाउने पालो अब चाहिँ तपाईंहरूको।’ उनले भनिन् ।