
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुने बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
सुनुवाइ समितिको बैठकमा आफू बोलेर निस्कन अनुमति माग्दै घिमिरेले विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जानुपर्ने बताए । अर्का एक सांसदले सोधे, ‘आजै पेस हुन्छ ?’ घिमिरेले जवाफ दिए, ‘आजै पेस हुन्छ ।’ प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ ।