• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि आइतबार वीर अस्पतालमा भर्ना भएका छन्। केही दिनअघि थाइल्याण्डको भ्रमणबाट फर्किएका मन्त्री पौडेललाई रुघाखोकीलगायतका समस्या देखिएको उनका स्वकीय सचिव अशोक भट्टराईले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएका मन्त्री पौडेलको उपचार जारी रहेको भट्टराईले बताए।