मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा सरकारबाट बाहिरिने प्रस्ताव उठाइएको छ। पार्टीका महासचिव बीपी साहले उक्त प्रस्ताव पेश गरेका हुन्।
उनका अनुसार पार्टीको नीति र जनताको भावना अनुसार सरकार सञ्चालन गर्न नसकिएको भन्दै प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव ल्याइएको हो।
“अध्यक्षज्यूले यो विषय कार्यकारिणी बैठकमा छलफल गरिने बताएका छन्,” साहले जानकारी दिए।