• २०८३ असार ४
  • 2026 June 18, Thursday

शिक्षा समितिको बैठक आज २ बजेसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समिति बैठक स्थगित भएको छ। विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्न शिक्षा मन्त्रालयले समय माग गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

विधेयकलाई अन्तिम रूप दिन आज बिहान ८ बजे बैठक बोलाएको थियो। तर, विधेयकमा सहमति जुटेका कतिपय विषयहरूमा समेत नेपाल शिक्षक महासंघले अहसमति जनाएपछि शिक्षा मन्त्रालयले थप समय माग गरेको थियो।

शिक्षामन्त्री रघुजी पन्तले महासंघससँग थप छलफल गर्न समय मागेका थिए। महासंघसँग छलफल गरेपछि दिउँसो २ बजे समिति बैठक बस्ने भएको हो।

महासंघले राहत तथा आन्तरिक शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषय लगायतका केही विषयमा असहमति जनाएको छ।

विधेयकमा आन्तरिक ६० प्रतिशत र खुला ४० प्रतिशत गर्ने सहमति जुटेको थियो। तर, महासंघले ७५/२५ गर्नुपर्ने अडान राख्दै आएको छ। सहमति जुटेका विषयमा महासंघसँग थप छलफल गरेर विधेयक पारित गर्ने तयारी गरिएको हो।