गृहमन्त्री लेखकको आपत्ति: सशस्त्र प्रहरी बलको नाम परिवर्तन गरेर विधेयक पारित गर्नु उचित होइन

काठमाडौँ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सशस्त्र प्रहरी बलको नाम फेरेर मात्र संसदबाट विधेयक पारित गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । उनले सशस्त्र बल नेपाल राखेर प्रहरी शब्द हटाउन सुझाव दिएका हुन् ।

सांसद बजगाईँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमाथि सुझाव दिँदै नेपाल सशस्त्र बल राखेर प्रहरीको कामलाई डुप्लिकेशन हुनबाट रोक्नुपर्ने बताएका छन् । उनले सशस्त्र बलको काम नेपाल प्रहरीबाट फरक राखिनुपर्ने बताए ।

बजगाईँले विधेयकको प्रस्तावनमा नेपाल प्रहरीको ऐतिहासिक पृष्ठभूमि, यसको मूलमन्त्र सत्य सेवा सुरक्षणम र गौरवपूर्ण सान जय नेपाललाई उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले विधेयक मस्यौदा चरणमै सांसदहरूलाई संलग्न गराउन समेत माग गरेका छन् । सांसदको काम कानून बनाउने भए पनि उनीहरूलाई अरुले मस्यौदा गरेको लेखोट पढ्ने भूमिकामा मात्र सीमित गरिएको उनको आरोप छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१