• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराध मुद्दा, एक लाख जरिवाना वा पाँच वर्ष कैदको माग

साइबर ब्युरोमा दर्ता भएको उजुरीको आधारमा पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार परिवर्तित नामबाट परेको उजुरीको आधारमा पाठकमाथि मुद्दा दायर गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट गैरकानूनी सामग्री प्रकाशन गरेको आरोप लगाइएको छ। यस कसुरमा अधिकतम पाँच वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना, वा दुवै सजाय माग गरिएको छ।

उजुरीदाताले आफ्नो तस्बिरसहित “हिल्टनमा जयवीर देउवाको पैसा” भन्ने शिर्षकमा सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्री आपत्तिजनक रहेको जनाएका छन्। उक्त सामग्रीमा काठमाडौंको पाँचतारे हिल्टन होटलमा शाही अग्रवाल र दीपक भट्टको लगानी रहेको दाबी गरिएको थियो।