• २०८३ असार ४
  • 2026 June 18, Thursday

‘म दोषी भए कानूनअनुसार कारबाही स्वीकार्छु’ – रामहरि खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले कसको गल्तीबाट भएको बाहेक शब्द थपिएको छ त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

आजै कानुन र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई आमन्त्रण गरेको भए पनि नआएको बताए।