
स्वतन्त्र युवा नेता सागर ढकालले रुपन्देही–३ बाट निर्वाचन लड्ने संकेत दिएका छन्। डडेल्धुरामा शेरबहादुर देउवासँग पराजित भएका सागरले सामाजिक सञ्जालमा सन्देश सार्वजनिक गर्दै यो चुनाव जनता भर्सेस राणा शासनको निर्णायक लडाइँ हुने बताएका छन्।
उनले राणा शासन भन्दै अहिलेका प्रमुख दल काङ्ग्रेस , एमाले र माओवादिको सत्ता तथा सरकारलाइ भनेका हुन् ।
उनले चितवन–२ मा रविको ५४,१७६ र काठमाडौंमा बालेनको ६१,७६७ मतको उदाहरण दिँदै, रुपन्देही–३ मा ६२,००० मत पार गरेर इतिहास रच्ने लक्ष्य सार्वजनिक गरेका छन्।
सागरले नारायणगढ–बुटवल सडकको उपेक्षा, कुलमान घिसिङमाथि भइरहेको दुर्व्यवहार र अदालतको झोलेकरणप्रति आक्रोश व्यक्त गर्दै कांग्रेस, एमाले र माओवादीलाई एउटै सोचको पुराना पार्टी भन्दै ती पार्टीहरूको अन्त्यको घोषणा गर्न जनतालाई आह्वान गरेका छन्। सागरले सामाजीक संजालमा पोस्ट गर्दै यसो भनेका हुन् ।
सागरले सार्वजनिक गरेको पोस्ट यस्तो छः
रुपन्देही ३ – नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ?
चितवन २ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत। अब रुपन्देही ३ मा करिब ९०,००० मत छन् त्यसमा तपाइ हामीले ६२,००० मत पार गर्नुपर्छ र नेपालको इतिहास रच्नुपर्छ। काँग्रेस एमाले मावोवादि एउटै हुन् यिनको राणा शासनको अन्त्य ८४ मा गर्नको लागि सुरुवात यहाँबाट गर्नुपर्छ। जनतालाई झोले र पार्टीका कार्यकर्ता बाहेक केही नसोच्ने यो ३ पार्टीको घेरा बेजोडले तहस नहस हुने गरी तोड्नु पर्छ। यो रुपन्देही ३ को एक तिरले ३ पार्टीहरूलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनु पर्छ। यो चुनाव जनता भर्सेस राणा शासन हो। दुई तिहाइ सरकारलाई नारायणगढ बुटवल सडक खण्डमा हामीमाथि गरेको अत्याचार पोख्ने बाटो हो। झोले अदालतलाई नेपाली अदालत बनाउने बाटो हो। कुलमानको बत्ती निभाउने राक्षसहरूको अन्त्य गरेर नेपाली जनताको अनुहारमा आशा र उज्यालो छर्ने दिन हो। जसरि गएको चुनावमा पुरै नया अनुहारहरु स्थापित गरिदिनु भयो अब फेरि पालो आएको छ। रुपन्देही ३ का मेरो प्यारो जनता यो हजुरको क्षेत्रको मात्र चुनाव होइन देशको चुनाव हो र देशको पिडा, आशु र आवाज बोल्न तयार भएर बस्नुहोला। नेपाली जनताले जित्ने मात्र होइन सफा चट् क्लिन स्विप गर्ने हो, सफा चट् ।