काठमाडौं । राष्ट्रियसभाको बैठक अहिले बसिरहेको छ । बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशसभासमक्ष टेबुल गर्ने’ कार्यसूची छ ।
‘कुलिङ पिरियड’ मा गरिएको गल्ती सच्याएर राष्ट्रियसभाले पारित गर्ने तयारी छ । आजकै बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
आजै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त भन्सार विधेयक, २०८० माथि छलफल गरियोस र पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछ ।