• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

कृष्णगोपाल श्रेष्ठले सचिवलाई भनेः तपाईंलाई राज्यव्यवस्थमा सचिवको रूपमा हेर्न अब सक्दैनौं

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामति सेवा विधेयकमा गरिएको हेरफेरलाई सामान्य गल्ती नभई गम्भीर आपराधिक कार्यको रूपमा टिप्पणी गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान हटाइएको विषयमा जालसाजी भएको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरे।

श्रेष्ठले समितिका सभापति रामहरी खतिवडा र सचिव सुरज दुरा दुवैको राजीनामा माग गर्दै भने, “यो त्रुटि होइन, गम्भीर अपराध हो। सभापतिले थाहा पाएनँ भनेर उम्कन सक्दैनन्। अब नैतिक जिम्मेवारी लिई पदबाट राजीनामा दिनुपर्छ।”

उनले सचिव दुराको पनि समितिमा अब उपस्थिति स्वीकार्य नहुने बताए। यस विषयले समितिको आगामी बैठकमा थप तनाव पैदा हुने संकेत दिएको छ।