• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

पूर्वराष्ट्रपति भण्डारीको सरकारी सेवा–सुविधा आजैदेखि फिर्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई प्रदान हुने सबै सरकारी सेवा र सुविधाहरू फिर्ता लिन आग्रह गरेकी छन्।

उनले आजकै मितिबाट लागू हुने गरी सेवा–सुविधा नलिने निर्णय गर्दै गृह मन्त्रालयमा औपचारिक निवेदन पेश गरेकी हुन्।

भण्डारी निकट स्रोतका अनुसार, “पूर्वराष्ट्रपतिले पाउने सम्पूर्ण सेवा सुविधा फिर्ता गर्न आग्रह गर्दै गृह मन्त्रालयमा निवेदन पठाइएको छ, आजैदेखि ती सुविधा फिर्ता गरिनेछ।”