• २०८३ असार ४
  • 2026 June 18, Thursday

गगन थापा विरुद्ध रहेको आरोप लगाउँदै मोहन बस्नेतको चेतावनी : ‘सचेत रहनुहोस्’

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन् ।

बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्‌मा बढी बोल्ने गरेको आरोप लगाए । बस्नेतले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाए ।

‘महामन्त्री गगन जी, तपाईँ सबै नेतालाई समाउन लगाउनुस्,’ बस्नेतले पार्टी बैठकमा भने । भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले पार्टी बैठकमा बताए ।

‘समय लाग्ला कोही पनि सग्लो देखिने छैनन्,’ बस्नेतले भने ।बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको पनि उनले बताएका छन् ।