काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिए ।
गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
उनले भने, “गृहमन्त्रीलाई जिल्लाको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका बारेमा ‘ब्रिफिङ’ गरेका छौँ । उहाँले विपद् पूर्व तयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ ।”
गृहमन्त्री लेखक तीन दिने भ्रमणका लागि बुधवार बैतडी गएका हुन् । जन्मघर बैतडी रहेको गृहमन्त्री लेखकको यहाँ रहँदा पारिवारिक एवं राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
सय, डेढ सय छन् र अहिले हामीले यसलाई ठ्याक्कै लिमिट गर्ने बित्तिकै हाम्रो अर्थतन्त्रमा केही लिक्विडिटिमा समस्या ल्याउँछ ।’ उनले थपे, ‘त्यसैले यसलाई हटाउने होइन, यो व्यवस्था कार्यान्वयनका लागि मैले १५ वर्षको प्रस्ताव गरेको छु । ’सांसद राणाले अर्थतन्त्र अहिले संवेदनशील अवस्थामा रहेको बेला हचुवाका अघि बढ्न नहुने धारणा राखेका छन् ।