उपसचिव र तत्कालीन प्रशासकीय प्रमुखविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकनका लागि पेश

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

बिहीबार साँझ आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारा, काठमाडौँका तत्कालीन कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई र बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१