नियमनकारी र सेवामुखी निकायलाई एउटै संरचनामा राख्न मिल्दैन : सांसद ज्वाला

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कानुन बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सबै कुराको जग भनेको कानुन रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्न सक्ने उल्लेख गरे ।

उनले जनताले बुझ्ने सरल भाषामा कानुन लेख्नु राम्रो हुने बताए । सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको उनले बताए ।

सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१