
तेलुगु फिल्म उद्योगका प्रख्यात अभिनेता कोटा श्रीनिवास रावको आइतवार बिहान हैदराबादमा निधन भएको छ। उनको निधनप्रति आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू, उपमुख्यमन्त्री पवन कल्याण, तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी र केन्द्रीय मन्त्री जी किशन रेड्डी लगायत थुप्रै नेताहरूले दुःख व्यक्त गरेका छन्। त्यस्तै, फिल्म उद्योगका धेरै कलाकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।
करिब चार दशक लामो आफ्नो चलचित्र करियरमा कोटाले ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सन् २०१५ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो। सन् १९९९ मा आन्ध्र प्रदेशमा भएको विधानसभा चुनावमा उनले भारतीय जनता पार्टी ९भाजपा०को तर्फबाट उम्मेदवारी दिएर जित हासिल गरेका थिए र विधायक बनेका थिए।
उनको निधनले भारतीय चलचित्र जगतलाई अपूरणीय क्षति पुगेको छ।