• २०८३ असार २९
  • 2026 July 13, Monday

भारत भ्रमणमा सेप्टेम्बर १६–१७ का लागि प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन्।

प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ। २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।