सरकारको चुप्पीमाथि रास्वपाको प्रश्न: भ्रष्टाचार र मानव तस्करी बेपत्ता!

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा गम्भीर आपत्ति जनाउँदै सरकारको उदासीनताप्रति कडा आलोचना गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठायतले विगत लामो समयदेखि संसद र सडक दुवैमा यो विषय उठिरहँदा पनि सरकारले कुनै प्रभावकारी कदम नचालेको उल्लेख गरेकी हुन् ।

उनले भनिन्, ‘यस देशमा न्याय, कानुन, जवाफदेहीता र मानविय सम्बेधना मरेरै गएको हो त? भिजिट भिसाको आवरणमा भैइरहेको भ्रष्टाचार र मानव तस्करीको विषय यति लामो समयसम्म संसद र सडक दुवैमा उठ्दा पनि सरकार उदासिन छ ।’ उनले सरकारले यो विषयलाई टालटुल समिति बनाएर पन्छ्याउने प्रयास गरिरहेको बताउँदै रास्वपा यसमा पूर्णतः अस्वीकार्य रहेको बताइन् ।

उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले यो कुटिल कदमलाई पूर्ण अस्वृकार गर्दै उच्च स्तरिय न्यायिक आयोग वा संसदीय समिति नै बनाउन माग गरेको छ । हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ ।’

सांसद कठायतले यो विषय अब केवल राष्ट्रिय चिन्ताको विषय नभई अन्तर्राष्ट्रिय सरोकारको विषय पनि बनिसकेको बताइन् । ‘राष्ट्रसङ्घ मात्र होइन, मित्र राष्ट्रहरू समेत चासो देखाइरहेका छन्। छिमेकी भारतका मिडियामा समेत यो विषयले स्थान पाइसकेको छ,’ उनले भनिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१