रुपन्देही–३ उपनिर्वाचन : रास्वपाबाट उम्मेदवार बन्न पाँच जनाको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे रुपन्देही–३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाकाे काम आज ५ बजे सकिँदैछ । कात्तिक १७ गते हुने निर्वाचनका लागि रास्वपाले आधिकारिक उम्मेदवार छनोट मापदण्ड अनुमोदन गरी साउन ७ गतेबाट लागू हुनेगरी खुला आह्वान गरिएको थियो ।

आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई सोही दिन बिहान १० बजेदेखि आज अपरान्ह ५ बजेसम्मको समय सीमा तोकेको थियो । मंगलबारसम्म जम्मा ५ जनाको आवेदन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए । दरखास्त दिने समय बाँकी नै रहेकाले बेलुकासम्म थपिन सकिने झाले बताए । यस विषयमा शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने उनले स्पष्ट पारे ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि अहिले भैरहवा जेलमै रहेका, रुपन्देही– ३ मा हुने उपनिर्वाचनको तयारी प्रभावकारी बनाउने उद्देश्यले रास्वपाको साउन १४ गते भैरहवामा संसदीय दलको बैठक बसेको थियो । हिजो बसेको सचिवालय बैठकले पनि यस विषयमा छलफल भएको प्रवक्ता झाले बताए । बैठकको निर्णय साँझसम्म सार्वजनिक गरिने उनले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१