नारायणकाजी श्रेष्ठ भन्छन्: बहुविवाहलाई कानूनी मान्यता दिन सकिँदैन

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानूनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्। पछिल्लो समय सरकारले बहुविवाह कानूनी मान्यता दिने कानुनको मस्यौदा तयार पारेको चर्चापछि उनको यस्तो अभिव्यक्ति आएको हो।

श्रेष्ठले भनेका छन्, ‘कुनै पनि कोण र बहानामा बहुविवाह लाई कानूनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन । यस प्रकारको विधेयकको मस्यौदा सरकारको सम्बन्धित मन्त्रालयले गरिरहेको छ भन्ने विषयले नेपाली समाजलाई तरंगित र क्षुब्ध बनाएको छ ।’

यो विषयले नेपाली समाजलाई तरंगित बनाएको भन्दै यस प्रकारको कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१