आज प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर प्रतितोला दुई लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१