सरकारको निर्णय: आजदेखि फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजदेखि नै बन्द गरिने सरकारको निर्णय छ । बैठकमा मन्त्रालयका अधिकारी, टेलिकम प्रकाधिकरणका अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

सरकारले नियमनमा आउनका लागि फेसबुकलगायतका सामाजिक सञ्जाललाई एक साताको समयसीमा गएराती सकिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१