
काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ २५ गते बस्नेगरि स्थगित् भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते बुधबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।
भदौ १३ गतेपछि पाँच दिन ग्याप राखेर हिजो सुरु भएको बैठक दुई दिन बसेर आज स्थगित् भएको छ । प्रतिनिधिसभाको बैठकको लागि प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल राखेर सभामुखले क्यालेण्डर बनाउने गरेका छन् । यसअघि नै अर्को बैठक भदौ २५ गतेको लागि तय भैसकेको छ ।