
सरकारले दर्ता नभएका फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै फेसबुक सञ्चालक संस्था मेटा सम्पर्कमा आएको छ ।
फेसबुक सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्पर्क गरेको हो ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर दर्ता कागजातको विवरण माग गरेको हो ।
‘मेटाबाट दर्ताका लागि के कस्ता कागजात आवश्यक चाहिन्छ भनेर करिब ५ बजे गरेको इमेल मन्त्रालयले प्राप्त गरेको छ । हामीले दर्ताका लागि आवश्यक सम्पूर्ण कागजातको विवरण इमेलमार्फत नै जानकारी गराएका छौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज दर्ता नभएका मेटा, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । यस निर्णयको व्यापक विरोध समेत भइरहेको छ ।