• २०८३ असार २५
  • 2026 July 09, Thursday

प्रधानमन्त्रीले भनिन्: संविधान संशोधन हुँदैन, विगतका भ्रष्टाचारीमाथि कारबाही हुन्छ

प्रधानमन्त्री सुशीला कार्कीले हालको सरकारले संविधान संशोधन नगर्ने स्पष्ट पारेकी छिन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नपर्ने बताएकी हुन् ।

अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेड प्राप्त भएको भन्दै निर्वाचनपछि बन्ने सरकारले संविधान संशोधन गर्ने उल्लेख गरेकी हुन् । जेनजी आन्दोलनकारीहरुले संविधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने माग उठाइरहेका प्रधामन्त्री कार्कीले सो सम्भव नभएको स्पष्ट पारेकी हुन् ।

यद्यपि, प्रधामन्त्री कार्कीले छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको भन्दै आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताएकी छिन् ।

यस्तै, आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा समेत सरकारक छानबिन गर्न थालिसकेको बताइन् ।