• २०८३ जेठ २२
  • 2026 June 05, Friday

‘ए’ डिभिजन लिग स्थगनविरुद्ध एन्फा मुख्यालयमा धर्ना (फोटोफिचर)

काठमाडौं । पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ‘ए’ डिभिजन लिग निरन्तर स्थगन भएकाविरुद्ध ललितपुरस्थित एन्फा मुख्यालय अगाडि फुटबल समर्थकहरुले धर्ना दिएका छन् ।

नेपाल फुटबल खेलाडी संघको आयोजनामा सेभ नेपाल फुटबल अभियान संचालन गरिएको हो ।

अखिल नेपाल फुटबल संघ र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि फुटबल समर्थक विरोधमा उत्रिएका हुन्।